नेशनल माइक्रोफाइनान्सले ३७ जनालाई दियो व्यवसायिक तरकारी खेती तालिम

  २०७६ जेठ ५ गते १७:०१     विकासन्युज


काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वितीय संस्था लिमिटेड शाखा कार्यालय सपहिद्वारा समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिपमुलक व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।

संस्थाका शाखा प्रमुख प्रदीपकुमार चौधरीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि कोल्वी नगरपालीका वडा नं १ का वडाध्यक्ष बिरेन्द्रप्रसाद चौधरीले उद्घाटन गरे ।

नेशनल माइक्रो फाइनान्स शाखा कार्यालय सपहीमा आवद्ध कोल्वी नपा र गढिमाई गापाका विभिन्न वडाका महिला सदस्यहरु जम्मा ३७ जनालाई २ दिनसम्म व्यवसायिक तरकारी खेती गर्न चाहिने अधारभुत सिप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.