म्यागाटो बेल्जियमको कम बिजुली लागतमा बढी उत्पादन दिने प्रविधि अब नेपालमा

  २०७६ जेठ ५ गते १६:५१     विकासन्युज

काठमाडौं। म्यागाटो ईन्डिया प्रा.लि.ले कम बिजुली लागतमा बढी उत्पादन दिने प्रविधि नेपालमा भित्राएको छ। म्यागाटोले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा विस्तार गरेको हो।

विश्वका १५० राष्ट्रमा आफ्नो विभिन्न उत्पादनहरु बिक्रि वितरण गर्दै आईरहेको कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु बिक्रि वितरण गर्दै आइरहेको छ।

कम्पनीबाट उत्पादित प्रविधिहरुले कम बिजुली लागतमा बढि उत्पादन गर्नसक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगहरुको उत्पादक तत्व बढाउने उद्देश्यका साथ कम्पनीले एक कार्यक्रम माझ प्राविधिक गोष्ठी गरी नेपालका लागि आफ्ना उत्पादनहरुको सेवा विस्तार गरेको हो।

कार्यक्रममा नेपालका विभिन्न सिमेन्ट उद्योगका संचालकहरु, खरिद शाखा प्रमुख, वित्तिय प्रमुख तथा फ्याक्ट्रि प्रमुखहरुको उपस्थित रहेको थियो भने म्यागाटोका तर्फबाट कन्ट्रि म्यानेजर(साउथ एसिया) दिपक भोजवानी, विजनेश म्यानेजर बबी स्मीत, प्राविधिक प्रमुख गौतम तनेजा तथा बेल्जियमबाट आएका प्रमुख प्राविधिक बन्नार्ड मुलड र बिक्रि प्रमुख आदित्य सिंहा लगाएतका उपस्थिति रहेको थियो ।

म्यागाटो इन्डिया प्रा.लि.ले आफ्नो उत्पादनको बिक्रि वितरण गर्न नेपालका लागि आधिकारीक बिक्रेताका रुपमा अरभिन्द इम्पोरियम प्रा.लि.लाई नियुक्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.