अब मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य !

  २०७६ जेठ ५ गते १६:०५     विकासन्युज

काठमाडौं। उपत्यका ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका मोटारसाईकल पछाडि बस्नेहरुले पनि अब फेरी अनिवार्य हेल्मेट लाउनुपर्ने व्यवस्था ल्याउन तयारी गरेको छ।

आईतबार पत्रकार सम्मेलन गर्दै मोटरसाईकल दुर्घटना बढेको कारण फेरी यस्तो व्यवस्था गर्न लागेको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले बताए। यसको लागि ट्राफिक प्रहरी कार्यालयले सरकारसँग सिफारिस गरिसकेको उनले जानकारी दिए।

यस्तै आर्थिक वर्ष २०७५/७६को बैशाख मसान्तसम्ममा ३ लाख ८४ हजार २ सय ६ चालकलाई विभिन्न कसुरमा कारबाहीमा परेका छन्। सो अवधिमा २५ करोड ३७ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको पन्तले बताए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.