मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा, ३ वर्षमा सम्पन्न गर्ने

  २०७६ जेठ ५ गते १४:५९     विकासन्युज

ताप्लेजुङ । तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको निर्माण कार्यले तीव्र गति लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिनाअघबिाट नर्मिाण थालएिको हो ।

निर्माण शुरु भएको छोटो अवधीमा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३०२ मिटर जडित सुरुङमार्गमध्ये २८० मिटर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङ्लङि नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो । चिनियाँ निर्माण कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो ।

आयोजना नर्मिाणको गतलिाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा मणिराज पोखरेलको भनाइ छ । नेपाली इञ्जनियरिङले डिजाइन गरेको र नीजि क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए ।

कूल रु १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रशिशत स्वलगानी र ७५ प्रतिशत सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मिक्वाखोला गाउँपालकिा–२ खोक्लङि र फक्ताङलुङ गाउँपालकिा–१ सावादनिमा रहने आयोजनाले जनाएको छ ।

यस्तै फुङलङि नगरपालकिाको फुरुम्बुस्थति मित्लुङमा ५० मटिर लम्बाइ र ११ मटिर उचाइको बाँध नर्मिाण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मिटरको सुरुङमार्फत खोक्लङिको थुम्बाबेँसीमा पुर्याइनेछ । यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए ।

सुरुमा ५४ मेगावाट बिद्युत उत्पादन गर्ने गरी प्रक्रिाय अघि बेपनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतिक जोखिम देखिएपछि हेडवक्र्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.