स्वाभिमान लघुवित्तको आईपीओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन ? (हेर्नुस् सूची)

  २०७६ जेठ ५ गते १४:३९     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको आईपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा १८ हजार ५५८ जनाले १० कित्ता र ७ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । २० देखि ५००० कित्तासम्म आवेदन दिने ७ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।

उक्त आईपीओमा कुल ३ लाख २७ हजार ७४७ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ३ लाख २७ हजार ४८६ जना आवेदकले भरेका आवेदन सदर भएको थियो भने बाँकी २३० जनाको आवेदन भने रद्ध भएको क्यापिटलले जनाएको छ ।

कुल ६० लाख ६१ हजार ७७० कित्ता दरको ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन संस्थाको माग भन्दा ३२.६६ गुणा बढी हो । (तपाईलाई पर्यो कि परेन ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।)

स्वाभिमानले कूल एक करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो मध्ये कर्मचारीलाई ३ हजार ९३ कित्ता र म्युचुअल फण्डलाई ९ हजार ९३० कित्ता छुट्याएको थियो । त्यसमा बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.