सनराइज बैंकको कामु सीईओकाे जिम्मेवारी आशा राणालाई, काे हुन् राणा ?

  २०७६ जेठ ५ गते १४:०२     विकासन्युज

काठमाडौं । सनराइन बैंककाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् ।

रत्नराज बज्राचार्यको ४ वर्षे कार्यकाल सकिएसँगै सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियाे । उनको वहिर्गमनसँगै कामु प्रमुख कार्यकारीकाे रुपमा राणालाई जिम्मेवारी दिइएको हाे । उनी बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

सन् १९८५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफाेर्ड विश्वविद्यालयमा सहायक लेखापालको रुपमा व्यवसायिक करियर सुरुवात गरेकी राणाले राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक हुँदै सनराइज बैंकका प्रवेश गरेकी हुन् । सन् १९८८ मा बैंकिङ करियर सुरु गरेकी राणासँग त्यसपछि निरन्तर बैंकिङ क्षेत्रमा रहेको बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत रिक्त भएसँगै बैंकले नयाँ कार्यकारी प्रमुखको खोजी सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बढी प्रमुख कार्यकारी प्रमुख रिक्त भएको ३ महिनाभित्र अर्को नियुक्ति गरिसक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.