स्वदेशी जुत्ता पारखीको उत्कृष्ठ गन्तव्य बन्दै नेपाली जुत्ता घर

२०७६ जेठ ५ गते १०:१२ विकासन्युज

काठमाडौं । नेपाली जुत्ताका पारखीहरुका लागि नेपाली जुत्ता घर नै उपयुक्त विकल्पमा रुपमा स्थापीत भएको छ । भृकुटीमण्डपमा चल्ने जुत्ता मेलाहरु सधैका लागि बन्द भएसँगै नेपाली जुत्ता घर नै नेपाली जुत्ता पारखीहरुका लागि राम्रो गन्तव्यका रुपमा स्थापीत भएको हो ।

नेपाल जुत्ता घरले हरेक महिना नयाँ नयाँ जुत्ता चप्पल ल्याउने गरेको छ । त्यसमा पनि ६० प्रतिशतसम्म छुटको सुबिधा पनि दिँदै आएको छ । नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायका अनुसार अब नेपालमै निर्मित जुत्ता चप्पलहरुको पहिचानका लागि स्टिकरको व्यवस्था समेत गरिएको छ । सोही स्टिकर हेरेर जुत्तामा कस्तो प्रकृतिको उपयोग भएको हो भन्ने जानकारी लिन सकिन्छ ।

नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको छ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । भृकुटीमण्डपमा लाग्ने अनेकौं जुत्ता मेलाहरु सधैँका लागि बन्द भएपछि नेपाली जुत्ता घरले बजारमा थप उत्साह थपेको छ । लेदर वा अन्य के बस्तु बाट बनेको हो त्यो छुट्टाउने स्टिकर रहेको छ । जुत्ता घरमा ५० प्रतिशत छुट पाईन्छ ।

कहाँ कहाँ छन् जुत्ता घर ?
नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ ।

कुन कुन ब्राण्डका जुत्ता पाइन्छन् ?
नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् ।

प्रतिष्पर्धा छाडेर सहकार्यमा आएको नजिर
बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।