राजेन्द्र राई भन्छन्- चिन्ता एक थान पोलिटब्युरो सदस्यको होइन, इमानको हो

  २०७६ जेठ ५ गते ८:२२     विकासन्युज

काठमाडौं । बलिदान, क्रान्ति, दुई तिहाईको सरकार, जनताको आशा, सपनाको खेती, नेकपा, नेकपा सरकारले समानता, विकास,समृद्धिको महान दायित्व पूरा गर्न समय, बुद्दी खर्च गर्ने की जाबो एक थान पोलिट ब्युरो सदस्य बनाउनेमा झगडा गर्ने ?

इतिहास, योग्यता, क्राइटेरिया(मापदण्ड) पुगेर पनि हामीलाई बनाउन मन नलागे अध्यक्ष, महासचिवले तपाईलाई बनाउन सकिएन भन्दिए भई गयो नी, हामी कहिले पो पद र पैसाको पछि लागेका छौं, झगडा गरेका छौं र ? हामी त पद भए नी नभए नी सजिलो अफ्ठेरो जहिले नी सतत लागी रहेकै छौं, सकेसम्म लागिरहनेछौं ।

हामीलाई चिन्ता छैन पद, पैसाको, हामीलाई चिन्ता छ त इमानको, निष्ठाको, देश जनताप्रतिको जिम्मेवारीको । काम गरौं । पोलिटब्युरो सदस्य जसलाई दिए नी हुन्छ । फेसबुकमा यो पोस्ट नी गाउँबाट, कार्यक्षेत्रबाट गर्दैछु, जहाँ हिलो धुलोसँग लड्दै जनतासँग भेटघाट गर्नुपर्छ, गरिँदैछ, प्रदेश सरकारको बजेट, योजना कार्यान्वयन कस्तो भयो अनुगमन गर्दै घुमिँदैछ ।(राजेन्द्र राईको फेसबुक वालबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.