ताईवानले समलिंगी विवाहलाई दियो मान्यता, कानुन बनाउनेमा एसियाकै पहिलो

  २०७६ जेठ ३ गते १४:३०     विकासन्युज

 

काठमाडौं। ताईवानका कानुन निर्माणकर्ताले समलिंगी विवाहलाई शुक्रबारबाट वैधानिकरण गरेको छ। यस एतिहासिक निर्णय गरेको ताईवान यहि सँगै समलिंगी विवाहालाई कानुनु रुपमा मान्यता दिने एसियाको पहिलो राष्ट्र बनेको छ।

दुई बर्ष अघी ताईवानको सरकारले विवाह भनेको महिला र पुरुषबिच मात्र हुन्छ भन्ने कानुन असान्दर्भिक भएको बताउँदै यसलाई बदल्न आदेश दिएको थियो। यसका लागि ताईवान टापुका न्यायाधीशहरूको प्यानलले नयाँ कानुन संशोधन गर्न सांसदहरुलाई दुई बर्षको समय दिएको थियो। नयाँ कानुन बनाउनु दिईएको २ बर्षको समयको अन्तिम १ हप्ता शुक्रबार अघि अघी कानुनु निर्माता युवानले समलिंगी विवाह सम्भव छ भन्ने भनेर बिल संसोधन गरेको हो। उक्त कानुन जेठ १० गते शुक्रबार अर्थात मे २४, २०१९ देखी लागु हुने बताईएको छ।

यधापी उक्त आईल्यान्डमा ठुलो संख्यामा समलिंगीको समुदाय रहेको र यसको वार्षिक समलैंगिक परेड एशियामा सबैभन्दा ठूलो रहेको भएता पनि समलिंगी विवाहलाई लिएर ताईवानी समुदाय नराम्रोसँग विभाजन भएको थियो। गत सालको नोभेम्बरमा भएको मत गणनामा ६७ प्रतिसतले समालिङी विवाहको विरोधमा भोट हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.