भाटभटेनीको १६औँ स्टोर राजधानीको सातदोबाटोमा, १८ अर्बको कारोबार गर्ने लक्ष्य

  २०७६ जेठ ३ गते १२:४१     विकासन्युज

काठमाडौं । राजधानी स्थित सातदोबाटोमा भाटभटेनी सुपर मार्केटले आफ्नो १६औँ स्टोर बिस्तार गरेको छ । शुक्रबार बिहान भाटभेटेनीका सञ्चालक मिन गुरुङ्ले एक कार्यक्रमबीच उक्त शाखाको शुभारम्भ गरेका हुन् ।

४५ हजार स्क्वायर फिटमा निमार्ण भएको यस स्टोरमा १ सय ७५ जनाले रोजगारी पाउने व्यवस्था गरिएको सञ्चालक गुरुङ्ले बताए । साथै, उनले आधुनिक समाजमा बजार विस्तारको महत्व महुसुश गर्दै सोही ठाउँ रोजाईमा परेको बताएका छन् ।

नयाँ विस्तारित स्टोर सहित १६ वटै भाटभटेनीमा गरेर जम्मा ६ हजार ५ सय जनाले रोजगारी पाउने छन् । यस भन्दा अघि नेपालमा १५ वटा भाटभटेनी रहेका थिए । सोही संख्यामा रहेका भाटभटेनीबाट आर्थिक बर्ष २०७४।७५ मा १५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको पाईन्छ । यस्तै, चालु आर्थिक वर्षमा भाटभटेनीको कारोबार १८ अर्ब रुपैयाँ पुग्ने सञ्चालकले बताएका छन् ।

नेपालमा गुरुङ्ले व्यवसायको सुरुवात गरेको ३५ वर्ष पुरा भइसकेको छ । गुरुङ्का अनुसार अब हरेक नेपालीले व्यसायीक जीवनको महत्व बुझ्न आवश्यक छ, आफूले कार्य गरेको क्षेत्रमा आर्थिक हिसाबमा अगाडी बढ्नु आजको आवश्यकता पनि हो । संसार धेरै माथि पुगीसकेको छ तर हामीसँगपनि सम्भावनाहरु प्रशस्तै रहेका छन् र त्यसमा काम गरौँ भन्नेमा गुरुङ्ले प्रकाश पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.