मेरो सेयर र डिम्याटको शुल्क तिर्न क्यापिटल धाउनै नपर्ने, अब इसेवाबाटै गर्न मिल्ने

  २०७६ जेठ ३ गते १३:१९     विकासन्युज

काठमाडौं । सेयर कारोबार गर्ने व्यक्तिहरूले डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानी गर्न क्यापिटलमा धाउनु नपर्ने भएको छ । अबदेखि मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न मिल्ने भएकाले उक्त झण्झट हटेको हो ।

यस सेवासँगै ग्राहकहरूले आफ्नो मोबाईलबाटै भुक्तानी गर्न सक्ने भएका छन् । इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सकिनेछ । हालसम्म १७ वटा क्यापिटल तथा ब्रोकर कम्पनी इसेवामा आबद्ध भइसकेका छन् ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५४ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन् । यस्तै देशभर रहेका एजेन्ट नेटवर्क तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.