कुमारी बैंकद्धारा विपन्नवर्गका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

  २०७६ जेठ २ गते १८:३८     विकासन्युज

काठमाडौं । कुमारी बैंकले काठमाडौंको कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेकोे हो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्कालाई पाठ्यपुस्तक हस्तान्तरण गरेका हुन् । गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्य रहेको बैंकले बताएको छ । साथै, बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.