लगातार ४० घण्टा नृत्य गरी विश्व कृतिमान राख्ने श्रेष्ठ दिदीबहिनीको घोषणा

  २०७६ जेठ २ गते १७:०५     विकासन्युज

काठमाडौं । काठमाडौँ चन्द्रगिरिका दिदीबहिनी रुबिसा र एलिसा श्रेष्ठले लगातार ४० घण्टा सँगै नृत्य गरेर विश्व रेकर्ड राख्ने भएका छन् । विहीबार पत्रकार सम्मेलन गरी श्रेष्ठ दिदीबहिनीले यस्तो घोषणा गरेका हुन् ।

यसअघि अमेरिकाका ब्रेट ग्रिस र जेनिफ ग्रिसले सँगै लगातार ३८ घन्टा ३० मिनेट नृत्य गरेर बनाएको विश्व रेकर्ड श्रेष्ठ दिदी बहिनीले तोड्ने भएका हुन् । जेठ ११ र १२ गते दिदीबहिनीले लगातार नृत्य गर्ने कार्यक्रम संयोजक सन्तोष लामाले बताए ।

चन्द्रागिरी नगरपालिका वडा नं ६ मा स्थाई बसोबास गर्दै आएकी रुविसाको जन्म २०५६ सालमा भएको थियो भने एलिसाको जन्म २०५८ सालमा भएको हो । हाल रुबिसा क्यापिटल कलेजमा स्नातक प्रथम वर्षमा र एलिसा एभरेष्ट कलेजमा अध्ययनरत रहेको छ ।

आफ्ना मातापिताको हौसलाले विश्व रेकर्ड कायम गर्न लागेको श्रेष्ठ दिदीबहिनीले पत्रकार सम्मेलनमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.