कछुवाको तालमा फोहोर व्यवस्थापन, निजी संस्थाले सरकारसँग मागे नीतिगत स्पष्टता

  २०७६ जेठ २ गते १६:३७     विकासन्युज

काठमाडौं। निजी फोहोर व्यवस्थापन संस्थाले आफ्नो कामको लागि नीतिगत स्पष्टता मागेका छन् । वातवरण विभाग टेकुद्वारा राखिएको काठमाडौं फोहोर व्यवस्थापन कार्यक्रममा उनिहरुले यस्तो माग राखेका हुन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष धन प्रसाद आचार्यले नितिगत स्पस्टता र स्थानतरण केन्द्र नतोकिएको कारण फोहोर मैला व्यवस्थापनमा समस्या आएको बताए । फोहोर मैला व्यवस्थापना ऐन-२०६८ ले स्थाननतरण तोक्ने जिम्मा स्थानिय निकायको हुने भनेता पनि अहिले सम्म स्थानिय निकायले काहीँ पनि स्थान नतोकेको बताए। उनले आफुहरुलाई काम गर्न सक्ने वातवरण सिर्जना गरिदिन आग्रह गरे ।

कार्यक्रममा अभियानता अन्जु शाह सिंहले सरकारले निजी व्यवस्थान संस्थालाई सरकारको तर्फबाट कुनै पनि प्रकारको सहयोग नपाएको गुनासो पोखिन् । फोहोर व्यवस्थापनमा सरकारको सहयोग नहुँदा कछुवाको तालमा काम भईरहेको उनले बताईन् । उनले भर्खरै डम्पिङ साईटको रुपमा बनाईएको बन्चरो डाडाँ २० बर्षमा भरिसक्ने त्यसैले अझै ठुलो फराकिलो स्थान खोज्नु सुझाव दिईन् ।

२०५० साल देखी फोहोर व्यवस्थापनमा लागेको निजी क्षेत्र फोहोर व्यवस्थापन संस्थाले हाल २५०० भन्दा बढी व्यक्तीलाई रोजगार प्रदान गर्दै आईरहेको छ। कार्यक्रममा गृह मन्त्रालय सह-सचिव विपन्न व्यवस्थापन महाशाखा प्रमुख केदार न्यौपानेको उपस्थिती थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.