समूहमा आवद्ध ३४ जनालाई नेशनलले दियो व्यवसायिक च्याउ खेती तालिम

  २०७६ जेठ २ गते १४:२५     विकासन्युज

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वितीय संस्था लि. शाखा कार्यालय मसुरीयाले समूहमा आवद्ध सदस्यहरुलाई २ दिने सीपमूलक व्यवसायिक च्याउ खेती तालिम सम्पन्न गरेको छ । महिला कृषकहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्दै व्यवसायको विस्तार एवम् आय-आर्जनमा सुधार र वृद्धिका लागी तालिमको आयोजना गरेको बताइएको छ ।

संस्थाका शाखा प्रमुख अंचल चौधरीको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका वडा नं ५ को वडाध्यक्ष लिलाराम सदशंकर, विशिष्ठ अतिथिमा मोहन्याल उच्च माविका संचालक समितिको अध्यक्ष जंगबहादुर विक र सोही माविका प्रअ केशवराज भट्ट अतिथिमा पत्रकार घनश्याम पौडेल, तालिम प्रशिक्षकहरु रमेश घिमिरे, भुमिराज खत्री वडासदस्य पार्वती विक लगायको उपस्थिति रहेको थियो ।

गौरीगंगा नपाका विभिन्न वडाका महिला सदस्यहरु ३४ जनालाई २ दिनसम्म व्यवसायिक च्याउ खेती गर्न चाहिने अधारभूत सीप र बजारीकरणको साथै विविध बिषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराइएको आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.