सभ्यता जोगाउन संस्कृत भाषाको जगेर्ना गरौं

  २०७६ जेठ २ गते ९:३७     विकासन्युज

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । संस्कृत भाषा जिवन्त र सजिलो छ । थोरै शब्दमा धेरै कुरा भन्न सकिने एकमात्र भाषा यही हो । शास्त्रीय गायन र भरतनाट्यमको महिमा विश्वभरिका संगीतरकलाप्रेमीको मनमा गढेको छ । विज्ञान, अध्यात्म , कुटनीति, योग , दर्शन ज्योतिष, राजनीति , प्रविधि , संगीत, नृत्यका लागि अथाह खानी हो संस्कृत साहित्य । यो भाषामा बोलीमा सदा शिष्टता अर्थात संस्कृत छ । छन्द र पर्यायबाची शब्दहरू पनि अथाह भएकोले भजन काब्य र सौन्दर्य छ । भजन मनमोहक हुन्छ, मन शान्त पार्छ । मन्त्रले मन, मस्तिष्क, उर्जा र भावनाबीच छन्द मिलाईदिन्छ र जिवन आनन्दमय पार्छ ।

संस्कृत भाषा मानवजातिका लागि बेजोड बरदान पनि हो । पश्चिमा जागेका छन् , अब हामी पनि पुनः जाग्ने बेला आएको छ । यसको सर्जक हाम्रा ऋषि, आचार्य र गुरूहरू हुन् । हामी तिनका सन्तति हौं, गर्व गर्नुपर्छ र दिन दैनिकीमा संस्कृत बोल्न सुरू गरेर आनन्द लिन थाल्नुपर्छ। , प्रयास गरौं र हेरौं हामी कति नम्र र शील हुदै जानेछौं । संस्कृत भाषामा रूखो फोहरी गालीका शब्दहरू नै हुदैनन्, संस्कृतमा डिभोर्स शब्द छैन । संस्कृतको आयुर्वेद सबैभन्दा पूरानो चिकित्सा विद्या हो । महर्षी चरक पितामह हुन् चिकित्सा विज्ञानका । यसर्थ यो सभ्य शिष्ट र सरल संस्कृत भाषालाई दैनिक जिवनमा सदुपयोग गरेर नयॉ जिवनको अनुभव गरौं ।

कुनै पनि भाषा छिटो सिक्न बोल्न थालिहाल्नुपर्छ । पढेर घोकेर सिक्नु प्रभावकारी हुदैन, बिर्सिहालिन्छ । बोल्न सिक्दै लेख्न थाल्नु राम्रो हो । संस्कृत एकदम सटिक छोटो मीठो दमदार बैज्ञानिक र स्वास्थ्यवर्धक भाषा हो । जति बोल्यो त्यति मज्जा र त्यति स्वास्थ्य बृद्धि हुदै जान्छ। किनभने संस्कृत भाषा उच्चारणमा विशर्ग र अनुस्वारले भरपुर प्रणायाम हुनेगर्छ । शरिरका सबै अंग सक्रिय हुने र विश्वका सबैखाले सबै भाषामा रहेका सबै प्राकृतिक स्वर यस भाषामा समाहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.