बीमा समितिको बार्षिकोत्सवमा अर्थमन्त्रीले भने-‘संख्यात्मक भन्दा गुणात्मक रुपमा अघि बढ्नू’

  २०७६ जेठ १ गते १९:३६     विकासन्युज


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुलाई संख्यात्मक भन्दा गुणात्मक रुपमा अघि बढ्न सुझाएका छन् ।
बीमा समितिको ५१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो सुझाव दिएका हुन् । उनले भने–‘अब कृतिम दुबो भन्दा वास्तविक दुबो चिनेर काम गर्नु आवश्यक छ ।’

अर्थमन्त्री खतिवडाले आफ्ना आन्तरिक जोखिममा पनि कम्पनी सचेत हुन आवश्यक रहेको बताए । आगामी दिनमा साना तथा मझौता बीमा र लघु बीमा आवश्यक रहेकोमा उनले जोड दिए । प्याकेजमा बीमा बेचेर बिमितलाई मारमा पार्नु हुँदैन–उनले भने । वार्षिकोत्सव कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले प्रगति विवरण प्रस्तुत गेका थिए ।

कार्यक्रममा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पदमप्रसाद सोडारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की लगायत बीमा क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बीमा समाचार विचार विशेषाङ्क बिमोचन गर्नुका साथै प्रमुख अतिथि अर्थमन्त्री खतिवडाद्वारा लामो समय काम गरेका कर्मचारीहरुलाई ताम्रपत्र र दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.