युनिग्लोव कलेजद्वारा ‘जव प्लेसमेन्ट मेला’ आयोजना

  २०७६ जेठ १ गते १९:१५     विकासन्युज


काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेज परिसरमा बुधवार ‘जब प्लेसमेन्ट मेला’ सम्पन्न भएको छ । कार्यक्रममा व्यवस्थापन संकायका एमविए र एमविए(फाइनान्स) कार्यक्रमका भर्खरै उत्तीर्ण छात्रछात्राहरु गरी १०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा चौधरी ग्रुप, पञ्चकन्या ग्रुप, गोर्खा ब्रुअरी, भिभो मोवाइल, वरुण वेभेरेज(पेप्सी), एपिवान टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, आइएमइ, अटोमोटिम्स, मेरो जव लगायत १८ वटा विभिन्न क्षेत्रका कम्पनीहरुको उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटनका अवसरमा मेरोजवका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरिले यस्ता कार्यक्रमले विद्यार्थीहरुको भविष्य उज्वल बनाउने बताउँदै युनिग्लोव कलेजका विद्यार्थीहरुको गुणस्तर र क्षमता राम्रो रहेको बताउनु बताए ।

उक्त कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले युनिग्लोवका विद्यार्थीहरु बजारमा अरु भन्दा फरक र अब्बल रहेको वताए ।

कलेजका प्रिन्सिपल एवम् प्रवन्ध निर्देशक डा. नरबहादुर विष्टले युनिग्लोव कलेजका विद्यार्थीहरुले व्यवस्थापन अध्ययनसँगै बजारको माग बमोजिम बहुआयामिक शिक्षा हासिल गरेकाले यस्तो अवसरले उनीहरुलाई आफ्नो गन्तव्यमा पु¥याउनको लागि विशेष सहयोग हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.