दमौलीमा सामसुङ सेवा केन्द्र खुल्यो

  २०७६ जेठ १ गते १८:१४     विकासन्युज


काठमाडौँ । नेपालभर १६ वटा सामसुङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले १७ औं सेवा केन्द्र कालिकामार्ग, दमौलीमा शुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका हुन् ।

उक्त अवसरमा ग्रुपका अध्यक्ष दीपक मल्होत्राले विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै मुख्य उद्देश्य भएको बताउँदै सेवा केन्द्र स्थापना गरेर सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा प्रदान गर्न लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.