अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो जेठ ३ देखी ५ गतेसम्म, ६० वटा स्टल रहने

  २०७६ जेठ १ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो जेठ ३ देखि ५ गतेसम्म खानी विभाग परिसरमा हुने भएको छ । खानी तथा भूभर्ग विभागको सहकार्यमा सो एक्स्पो काठमाडौंको लैनचौरस्थित विभाग परिसरमै आयोजना हुने भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले मेलामा भारत, चीनलगायत एशीयाली र यूरोपियन मुलुकहरुसहित गरी ६० वटा कम्पनीहरुले भाग लिने बताए । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पो आयोजना गर्न लागिएको महर्जनले बताए ।

खानी तथा भुगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पोले आयातमा पनि कमीे आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.