ककनीमा पोष्टबहादुर स्मृती कृषि प्रर्दशनी जेठ ४ गतेदेखि, २ करोडको कारोबार हुने

  २०७६ जेठ १ गते १६:३०     विकासन्युज


काठमाडौं । नुवाकोटका पुराना कम्युनिष्ट नेता तथा किसान आन्दोलनका अगुवा पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रर्दशनी हुने भएको छ । पोष्टबहादुर बोगटी स्मृती प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी दिएको हो ।

जेठ ४ गते शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा अध्याक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदर्शनी उद्घाटन गर्ने पोष्टबहादुर स्मृती प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले जानकारी दिए । प्रतिष्ठान मुख्य आयोजक तथा ककनी गाउँपालिका सहआयोजक रहेको प्रर्दशनीमा मेलामा ४० ओटा स्टल रहने छन् भने नुवकोटका १२ ओटै स्थानीय तहका उत्पादन प्रदर्शनीमा राखिने पोष्टबहादुर स्मृती प्रतिष्ठानका उपाध्यक्ष हितबहादुर तामाङले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा नेता समेत रहेका पाण्डेले मेलाले स्थानीय तह र किसानबीच जोड्न मद्दत पुग्ने बताए । कृषि उत्पादनमा आएको गिरावटले मुलुक विस्तारै परर्निभर बन्दै गएको भन्दै पाण्डेले यहाँका युवा खाडीमा जाने गाउँका खेतबारी बाँझै रहने क्रम बढ्दो अवस्थामा रहेको बताए ।

नुवाकोटको पर्यटकीय क्षेत्र तथा कृषि उत्पादनले महत्वपूर्ण मानिएको ककनी गाउँपालिका स्थीत रानिपौवा बजारमा हुने कृषि प्रदर्शनीमा आधुनिक कृषि औजारका साथै व्यापारिक स्टलसमेत रहने छ । कार्यक्रममा जेवी टुहुरे, जीवन शर्मा, बद्री पंगेनी, सबोध गौतम, पुरुषोत्तम भण्डारीलगायत राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ ।

यही जेठ ४ गतेदेखी ८ गतेसम्म चल्ने कृषि प्रदर्शनीमा करिव ४० हजारले अवलोकन गर्ने लक्ष्य रहेको ६० लाख अन्दानी र सोही बरावर खर्च हुने पोष्टबहादुर स्मृती प्रतिष्ठानका कोषध्यक्ष रुद्र ढुङ्गेलले बताए । मेलामा करिव २ करोडको कारोवार हुने आयोजकले अपेक्षा गरेको छ ।
मेलामा कृषि प्रर्दशनीमा उत्कृष्ठ कृषकलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.