गंगालाल बालिका मृत्‍यु प्रकरण : स्वास्थ्य मन्त्रालय मौन, उजुरी लिन मान्दैनन् प्रहरी

  २०७६ जेठ १ गते १६:०५     विकासन्युज

काठमाडौं। मुटु रोगको उपचारको क्रममा गलत रगत चढाएको कारण ज्यान गुमाएकी बालिकाको बुवाले चिकित्सकको लापारवाहीको कारण आफ्नो छोरीले ज्यान गुमाएको भन्दै छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् ।

सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका गलत रगत उपचारको क्रममा गलत रगत चढाएको कारण वैशाख २३ गते मृत्‍यु भएको थियो।

बालिकाको बुवा रामप्रवेश साहले आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे। उनले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’

शल्यक्रिया गर्नुपुर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि बुवाले सुनाए । उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा न्याय पाउँ भनि हारगुहार समेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे ।

आकृतिको मृत्यु भएको १० दिन भइसक्दा पनि रामप्रवेश र पिङ्कीले छोरीको मृत शरीर देख्नसम्म पनि पाएका छैनन् ।

छानबिनका लागि बालिकाको परिवारले १० दिनदेखी सरकारी कार्यालय धाउन थालेको भएता पनि अहिलेसम्म कुनै पनि सरकारी कार्यालयबाट सहयोग भने भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.