नेपालमा पहिलोपटक राष्ट्रियस्तरको कुकिङ प्रतियोगिता हुँदै, विजेतालाई एक लाख रूपैयाँ

  २०७६ जेठ १ गते १४:५५     विकासन्युज

काठमाडौं। नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको खाना पकाउने प्रतियोगिता हुने भएको छ। सिटिभिटी, राष्ट्रिय परिक्षण समिती, एसडिसीले संयुक्त रुपमा स्विस सरकारको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २-२ जना सहभागीहरु प्रथम छनोटमा पर्नेछन् भने उनिहरुबिच अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुनेछ। प्रतियोगिताको विजेतालाई ‘सेफ अफ द यियर’ घोषणा गरिनुको साथै १ लाख पुरस्कार प्रदान गरिने गेट कलेजका प्रमुख कार्यकारी अधिक्रित खीम लकाईले बताए। यस्तै दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई पनि पुरस्कार प्रदान गरिने उनले जानकारी दिए।

काठमाडौं स्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसनले प्रतियोगिताको ईभेन्ट पार्टनर रुपमा रहनेछ।

औपचारिक तालिम लिएका वा अनुपचारिक रुपमा आँफै सिप सिकेको एवं साना तथा माझौला होटल तथा रेस्टुरेन्टमा काम गरिरहेका कुकुहरुको प्रतिभा पहिचान र प्रस्फुटन गराउने मुल उदेश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिता हुनलागेको लकाईले बताए।

प्रतियोगितामा सहभागि हुन चाहनेले गेट कलेज प्रदेश नं १ को ईटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगंजमा रहेको गेट कलेजको साझेदारी संस्थाहरु एवं अन्य प्रदेशमा सिटिभिटिको प्रादेशिक कार्यलयहरुमा फर्म बुझाउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.