गृहमन्त्री बादल-अमेरिकी उपसहायक मन्त्रीबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल

  २०७६ जेठ १ गते १३:२२     विकासन्युज


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच आज भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल-अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे । उनले केही महिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाईमा पुर्याउन भूमिका खेलेको चर्चा गरे ।

गृहमन्त्री थापाले नेपालक राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेन्जसँग आग्रह गरे । अमेरिकाले ‘मिलिनियम च्यालेन्ज कोपरेशन’ मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतिकरणका लागि महत्वपुर्ण हुने गृहमन्त्रीको भनाई छ ।

भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरीकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाईमा लैजान आवश्यक रहेको बताए ।
उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानववेचविखन लगायतका क्षेत्रमा अमेरिकाले सहयोग गरीरहेको बताउँदत्यो सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

उपसहायक मन्त्री रेन्जले अमेरिकी स्वयम्सेवी समुह ‘पिस कर्पस’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतीका लागि सहयोग लगायतका विषयमा समेत गृहमन्त्री थापासँग कुरा राखेका थिए । भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी बेरी समेत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.