एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’, यस्ता छन् सुबिधा, कति लाग्छ शुल्क ?

  २०७६ वैशाख ३१ गते १८:३७     विकासन्युज

काठमाडौँ । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्ने भएका छन् ।

एनसेल प्रालिले मंगलबारदेखि लागु हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको हो । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र रु ११० (कर सहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधि अनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।

स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिम सहित रु ३० को मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वक भित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ ।

‘ट्राभलर्स सिम’ अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकता अनुसार रु ४९० देखि रु १,९६० सम्मका विभिन्न समयसिमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिद गर्न सक्नेछन् । यो योजनामा अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभि र सुपर गरी चार वटा विकल्पहरु रहेका छन् ।

पर्यटकले ७ जिबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक कर सहित मात्र रु ४९० मा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिन देखि ७ दिन सम्म मान्य रहनेछ । अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले मिडियम तथा हेभि प्याक लिन सक्नेछन् ।

मिडियम प्याक अन्तर्गत ग्राहकले कर सहित रु ९८० मा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागि मान्य रहनेछ । त्यस्तै हेभि प्याक अन्तर्गत कर सहित रु १,४७० मा २१ जिबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहनेछ ।

नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले कर सहित मात्र रु १,९६० मा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले २८ दिन समयसिमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् । ‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।

विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि भ्वाइस र डेटा सेवा बण्डल गरी ‘ट्राभलर्स सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।

शुरुमा यो सिम एनसेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरुमा उपलब्ध हुनेछ र पछि बिस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरुबाट पनि लिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.