एशियन लाइफको बीमा सेवा जानकी फाइनान्सबाट पनि पाइने

  २०७६ वैशाख ३१ गते १६:५५     विकासन्युज


काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडबीच मंगलबार ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा जनकपुरमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र जानकी फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंहले हस्ताक्षर गरे ।

सम्झौतापछि जानकी फाइनान्सको सबै शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.