प्रभु इन्स्योरेन्सका ग्राहकको चरक मेमोरियल हस्पिटलमा नगद बिनानै उपचार हुने

  २०७६ वैशाख ३१ गते १५:२३     विकासन्युज


काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेड र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिबीच नगद रहितसेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमालेखको सिमासम्म नगद रहितसुविधा प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.