एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको वैवाहिक स्वर्ण जयन्ती मनाइयो

  २०७६ वैशाख ३१ गते १४:५०     विकासन्युज


काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडका विवाहको ५० वर्ष पुगेको अवसरमा वैवाहिक स्वर्ण जयन्ती मनाइएको छ । ग्रुपका अध्यक्ष तथा उनकी धर्मपत्निको वैवाहिक स्वर्ण जयन्तीका अवसर जिल्लाको सिमरामा विशेष कार्यक्रम गरियो ।

बैशाख २१ गते ग्रुप अन्तर्गतका ३८ शाखाहरुको कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो अध्यक्ष र उनको धर्म पत्नीको ५० औं वैवाहिक स्वर्ण जयन्ती समारोहका निम्ति दुगड दम्पती लगायत सम्पूर्ण परिबारलाई श्र विशेष निम्तो दिएका थिए ।

निम्तोलाई स्वीकार्दै मोतिलाल, श्रीमती, छोरा, बुहारी, नातीहरु सहित जितपुरको दुगड कार्यालयमा गएका थिए । बाजागाजा सहित उनलाई स्वागत गर्दै कार्यक्रममा दम्पतीको वरमाला सहित पुनः विवाहको कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा ८५० कर्मचारीहरु, उनका परिवार, जीतपुर सिमरामा रहेका पुर्व कर्मचारी र उनका परिवार सहभागी भएका थिए । कार्यक्रम दुगड ब्रदर्श एण्ड सन्स प्रालिका सिनियर जनेरल म्यानेजर वेदप्रकाश शर्माको संयोजकत्व र कार्यक्रम संचालन एमभि दुगड ग्रुपकी पिआर हेड विमला थापाले गरेकी थिइन् ।

उद्योगी मोतीलाल दुगड़ र छोरा विवेक दुगड़ले कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । एमभी दुगड ग्रुप अन्र्तगत काठमाण्डौका हाईड्रोपावर र अटोमोवाईल्स काकर्मचारीहरुले पनि अब द्राश्रो चरणको कार्यक्रम काठमाडौंमा गर्ने घोषण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.