सेल्फी प्रतियोगिताको बिजेतालाई २ लाख ५० हजारको बीमालेख

  २०७६ वैशाख ३१ गते १४:३०     विकासन्युज


काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको क्लीन शेयर एण्ड वीन सेल्फी प्रतियोगिताको विजेतालाई २ लाख ५० हजारको सानिमा म्यादी जीवन बीमालेख पुरस्कार प्रदान गरिएको छ ।

मातातीर्थ औँसीको अवसरमा आयोजित सो प्रतियोगितामा कम्पनीको अफिसियल फेसबुक पेजमा राखिएको सेल्फी प्रतियोगितामा आफ्नी आमासँगको सेल्फी पोष्ट गरी प्रथम हुन सफल रञ्जना खनालकी आमा सीतादेवी अधिकारीलाई बीमालेख प्रदान गरिएको हो ।

कम्पनीको मुख्यालयमा आयोजित विशेष समारोहमा महाप्रबन्धक शिवराम तिमल्सिनाले सो बीमालेख प्रदान गरेका हुन् । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक केशवराज केसीको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.