क्यान्सर रोगीलाई दिंदै आएको रकम बन्द भएको छैन : स्वास्थ्य मन्त्रालय

  २०७६ वैशाख ३१ गते ९:२५     विकासन्युज

काठमाडौं। क्यान्सर सम्बन्धी सरकारले दिंदै आएको १ लाख रुपैया बन्द भएको कुरा अफवा मात्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सूचिकृत गरेका अस्पतालमा विपन्न नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको सेवा सुचारु नै रहेको प्रष्ट पारेको हो।

विभिन्न संचारमाध्यममा केही दिन अघि विपन्न नागरिकलाई सरकारले दिदै आएको रकम ५ महिना देखी पैसा बन्द भएको विभिन्न संचामाध्यममा छापिएको थियो।

मन्त्रालयले चालु आर्थिक बर्षका लागि विपन्न उपचार कोषमा नपुग भएको बजेटका लागि आवश्यक पहल भइसकेको पनि जनाएको छ।

नेपाल सरकारबाट विपन्न नागरिकहरुको क्यान्सर तथा कडा रोगहरुको उपचारको लागि सुचिक्रित अस्पतालहरुलाई उपचार बापत सोधभर्ना गर्ने गरी आर्थिक सहायता प्रदान गर्ने व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.