एनएमबी बैंकद्वारा सामुदायिक विद्यालयलाई ६६ थान डष्टविन वितरण

  २०७६ वैशाख ३० गते १९:५६     विकासन्युज


काठमाडौँ । एनएमबि बैंकको ५ नं. प्रदेशको कपिलवस्तु जिल्लामा रहेको बैंकको पकडी शाखाले मायादेवी गाऊँपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई ६६ थान डष्टविन प्रदान गरेको छ । उक्त अवसरमा शहरी विकाश मन्त्री महमद स्तियाद राई, गाऊँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका ३००० भन्दा बढी स्थानीयको उपस्थित थियो ।

त्यसैगरी, बैंकको चन्द्रौटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिकाका आगलागी पिडितहरुलाई खाद्यान्न, म्याट्रेस, लामखुट्टेको झुल लगायतका सामानहरु प्रदान गरेको छ । सो अवसरमा संघीय संसदका सदस्य अर्जुनकुमार के.सी., शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, चन्द्रौटा चेम्बर अफ कर्मसका अध्यक्ष महादेव पोखरेल लगायतको उपस्थिती थियो । उपरोक्त राहत सामाग्रीहरु बैंकका प्रदेश नं. ५ का मेनेजरहरु दिविरविक्रम शाह र कमल न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.