रोडिज् सँगै यामाहा एफजी राइडरहरु पुगे लोमान्थाङ, १३१४ किमिको दूरी ८ दिनमा पूरा

  २०७६ वैशाख ३० गते १९:४९     विकासन्युज

काठमाडौँ । ‘यामाहा एफजी राइड वीथ रोडिज् टु लोमान्थाङ’को टोलीले १२६०० फिटको उचाई १३१४ किमिको दूरी ८ दिनमा पूरा गरेको छ । अप्ठ्यारा सडकहरु र ठाडो भिरालो बाटोहरु पार गर्दै एफजी राइडरले आफ्ना यामाहा एफजीमा अति सावधानीपूर्वक गन्तव्यमा पुगेरै छाडे ।

एफ १ प्रविधि र एबिएस जडित एफ जेड पहिलो त्यस्तो १५० सिसि समुहको बाइक हो, जसले कुनै पनिप्राविधिक समस्याहरु बिना यो कठिन यात्रा तय गरेको छ । यो रेकर्ड एफ जेडको पहिलो सिरिज प्रस्तुत गर्दा सगरमाथाको आधार शिविरमा राखेको रेकर्डपछिको अर्को रेकर्ड भएको कम्पनीले जनाएको छ ।

उक्त टिममा हिमालयन रोडिजका निर्णायकहरु रेमनदास श्रेष्ठ, दियामास्के, र यस सिजनकाविजेता सागरसहित ११ जना आकाँक्षी रोडिजहरु जसलाई विभिन्न शहरमा गरिएको रोडिज क्रियाकलापमार्फत् चयन गरिएको थियो । कम्पनीका सिइओ चिरञ्जीवी शाह भने–‘लोमाथाङ्ग यात्राले हाम्रा बाइहरुले कठिन अवस्थाका सडकलाई पनि झेग्ने क्षमता राख्ने पुष्टी भयो ।’

त्यसैगरी एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल भने–‘यामाहाले विगतमा पनि नियमित रुपमा यसप्रकारको बाइक चलाउने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । तर, यो आजको मितिसम्मका कार्यक्रमहरुमध्ये सर्वाधिक ठूलो हो । हामी सबै यामाहा चालकहरुसँग मजबुत ढँगले बाँधिन चाहन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.