जेठ १ गते सुविसुले ‘कनक्लेभ २०१९’ को आयोजना गर्दै, प्रविधिलाई प्रबर्धन गर्ने उद्देश्य

  २०७६ वैशाख २९ गते १८:४५     विकासन्युज

काठमाडौं । सुविसु केबल नेट प्रालीले आगामी जेठ १ गते दोस्रो संस्करणको ‘कनक्लेभ २०१९’ को आयोजना गर्ने भएको छ । सूचना तथा प्रविधिलाई प्रबर्धन गर्न तथा समय सापेक्ष विषयमा छलफल गर्न सो कार्यक्रमको आयोजना हुन लागेको पाइएको हो ।

कार्यक्रममा ब्लकचेन टेक्नोलोजी साईबर सेक्यूरिटिज, क्यूओएस, एआई तथा डिजिटल प्रविधिको रुपान्तरणको विषयमा छलफल हुने आयोजकले बताएका छन् ।

मेगासीस विजेता डा. महाविर पुनले पनि कार्यक्रममा प्रस्तुती दिनेछन् । साथै, अन्य विज्ञहरु समेतले कार्यक्रममा सहभागीता जनाउने आयोजकको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.