भदौ २५ देखि २९ गतेसम्म फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

  २०७६ वैशाख २९ गते १५:१९     विकासन्युज

काठमाडौँ । फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ आइतबार पत्रकार सम्मेलन गरी ५ दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो । सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ गतेदेखि २९ गतेसम्म राजधानीमा संचालन हुने आयोजकले जानकारी दिएको हो ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीमा राखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसैगरी, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिकतथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमापनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए ।

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्नेे जनाइएको छ । इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको बताए । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामाग्रीका स्टल रहने आजोजकले जनाएको छ ।

नेपालमा वर्सेनि फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेको आँकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.