‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’बाट प्रेमध्वज प्रधान र शम्भूजीत बास्कोटा सम्मानित

  २०७६ वैशाख २९ गते १४:३२     विकासन्युज


काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ २०७५ वितरण गरिएको छ ।

गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बास्कोटालाई जनही पुरस्कार ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.