सिभिल बैंकको अध्यक्ष पुनः इच्छाराज तामाङ

  २०७६ वैशाख २९ गते ११:१७     विकासन्युज


काठमाडौँ । सिभिल बैंक लिमिटेड सञ्चालन समितिको अध्यक्षमा पुनः इच्छाराज तामाङ चयन भएका छन् ।
बैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले चार वर्षको लागि तामाङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव हिराकाजी बस्नेतले जनाएका छन् ।

यसअघि सोही दिन सम्पन्न बैंकको सातौँ र आठौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छाराज तामाङ, अम्बीर बोगटी, प्रतापजंग पाण्डेलाई सञ्चालकमा चयन गरेको थियो ।

साथै साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त, युगेशबहादुर मल्ललाई सञ्चालकमा चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.