खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय, रोबोटबाट कार्यक्रम सञ्चालन

  २०७६ वैशाख २९ गते ९:००     विकासन्युज


काठमाडौं । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् ।

संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ । संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए, रसायन शास्त्रलगायत विज्ञानका सामग्री र अनुसन्धानमा प्रयोग हुने ५० भन्दा बढी प्राविधिक उपकरण रहेको संग्रहालय विकास समितिका सूचना अधिकारी सरोज शाहीले बताए । मन्त्री पोखरेलले सरकार समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले विज्ञान र प्रविधिको क्षेत्रमा असाधारण काम र उपलब्धि हासिल गर्न आवश्यक रहेको बताए ।

एउटा स्वचालित यन्त्र अर्थात् रोबोट जसलाई फूलमाया नाम दिइएको छ । शनिबार मध्याह्न फूलमायाले अतिथिको नाम उच्चारण गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित आमन्त्रित स्टेजमा उक्लिए । मानिसले चलाएका कार्यक्रममा मात्रै सहभागी भएका मन्त्री र अतिथिलाई रोबोटले अंग्रेजीबाट स्वागत, धन्यवाद र पालैपालो मन्तव्यका लागि बोलायो । रोबोटको सम्बोधनले मन्त्री पोखरेल मक्ख देखिन्थे । घरिघरि अतिथिहरू नै झुक्किन्थे । हलमा रहेकाहरूको ध्यान रोबोटले तानेको थियोे । पूरै कार्यक्रम रोबोटले सञ्चालन गरेको थियो ।

राष्ट्रिय विज्ञान संग्रहालयमा रहने गरी समितिले खरिद गरेको रोबोटले संग्रहालय उद्घाटन कार्यक्रम त सञ्चालन ग¥यो नै, आगन्तुकलाई स्वागत गर्ने, घुमाउने र सूचना दिने काम पनि गर्नेछ । संग्रहालयमा रहेका सामग्री अवलोकनमा आउने विद्यार्थी र अनुसन्धानकर्तालाई रोबोटले जानकारी दिने व्यवस्था गरिएको संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा। शर्माले बताए । समितिले रोबोट निर्माणका लागि १८ लाख रुपैयाँ खर्च गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.