एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद जारी गर्ने, जेठ १४ गतेदेखि बिक्री शुरु

  २०७६ वैशाख २७ गते १९:४८     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई एक बराबर ३ को अनुपातमा अर्थात ३०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको सो मात्रा अर्थात अंकित मूल्य १०० रुपैयाँको दरले ८२ लाख १९ हजार ४७५ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ नाघ्ने छ ।

इच्छुक सेयरधनीले आगामी जेठ १४ गतेदेखि असार १६ गतेसम्म कम्पनीको हकप्रद सेयर किन्न सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने छ ।

उक्त हकप्रद सेयर जारी गर्नको लागि कम्पनीले “केयर-एनपि आईपीओ ग्रेड ४” प्रमाणपत्र पाएकाे छ । उक्त ग्रेडले कम्पनीको अवस्था औषतभन्दा कमजाेर रहेको देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.