शनिवार अन्तराष्ट्रिय रेस्लिङ हुँदै, डिस मिडियाबाट प्रत्यक्ष प्रशारण हुने

  २०७६ वैशाख २७ गते १८:०२     विकासन्युज

काठमाडौँ । नेपाल रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते ३ बजे एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा ८ देशका टप रेस्लरहरुको सहभागी हुने भएका छन् । रेस्लिङ च्याम्पियनसिपमा करिव ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयमा हुन लागेको प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्ड लगाएत खेलाडीहरुको सहभागिता रहने छ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरी, अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदीप पाण्डे, कुवरे केसी, विकाश खड्का रहेका छन् ।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ ।

संघले यस अघि काठमाडौंमा २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गरेको थियो । पोखरामा २०७३ साल फागुन १८–२१ मा नेपाल भारत मैत्रिपूर्ण प्रतियोगिता र २०७४ साल कात्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडौँ र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.