मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै

  २०७६ वैशाख २७ गते १३:४७     विकासन्युज

काठमाडौँ ।  मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै छन् । सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँ कर्मथलो बनाउँदै आएका उद्यमान नव मोडल तथा गायक दिपेन्द्र सोनाम अहिले मोडलिङ तथा सांगीतिक क्षेत्रमा परिचय बनाउदै अगाडी बढेका तथा आफुलाई सिने क्षेत्रमा स्थापित गर्न सक्रिय युवाको रुपमा परिचित छन् ।

त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।

नृत्य र अभिनयमा पोख्त दिपेन्द्र सुन्दर मुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो ।

विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका गायक तथा मोडल दिपेन्द्रले चाडैनै आफ्नै आवाजमा नयाँ गीत समेत सांगीतिक बजारमा लिएर आउन लागेका छन् ।

देशभर हुने स्टेज कार्यक्रम, मेला महोत्सबमा हजारौ दर्शक तथा श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल दिपेन्द्र युवा व्यवसायी समेत हुन् ।

उनी भन्छन्( मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु रहेको हुँदा सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनी बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.