सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस दिने, एनएफआरएस लागू गर्नेमा निर्जीवनतर्फ पहिलाे

  २०७६ वैशाख २७ गते १२:४३     विकासन्युज


काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । ८६ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब  १२ लाख २२ हजार ९३४ रुपैयाँ हुनेछ ।

उक्त बोनस दिने प्रस्ताव वैशाख २६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बाेनसमा लाग्ने कर भने सेयरधनीले बेहाेर्नु पर्नेछ ।

बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई सो मात्राको लाभांश वितरण गरिने छ ।

एनएफआरएस लागू भएपछि निर्जीवनतर्फ सगरमाथा इन्याेरेन्स कम्पनीले पहिलाे पटक लेखापरिक्षण सम्पन्न गरी बीमा समितिमा प्रतिवेदन पेश गरेकाे छ । बीमा समितिबाट स्वीकृतपछि कम्पनीले साधारणसभा बाेलाउनेछ ।

बाेनस सेयर दिएर पुँजी १ अर्ब पुर्याउने कम्पनीकाे पूर्व याेजनाअनुसार कम्पनी अगाडि बढ्न सफल भएकाे छ । कम्पनीले अघिल्लाे वर्षकाे नाफा पनि संचित गरी राखेकाे थियाे ।

उच्चदरकाे लाभांश पाउने भएपछि कम्पनीकाे सेयर मूल्यमा केही वृद्धि देखिएकाे छ । विहीबार यस कम्पनीकाे सेयर प्रतिकित्ता १५३० रूपैयाँमा काराेबार भएकाे छ । निर्जीवन बीमा कम्पनी मध्ये हाल सगरमाथा इन्स्याेरेन्स कम्पनीकाे सेयर मूल्य सबैभन्दा बढी छ ।

विगत एक वर्षमा कम्पनीकाे सेयर मूल्य न्युनतम १२३१ रूपैयाँ भएकाे छ भने अधिकतम १५३० रूपैयाँ भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.