जनसेवी र स्वाभिमान लघुवित्तको आइपीओ खुला, कति कित्ता भर्न पाइने ?

  २०७६ वैशाख २७ गते ९:०७     विकासन्युज

काठमाडौं । जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर(आइपीओ) आजदेखि खुल्ला भएको छ ।

जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर  खुला भएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

उक्त शेयरमध्ये ५ प्रतिशतले हुने २३ हजार १६५ कित्ता शेयर म्युचुअल फण्ड र ७ हजार १४५ कित्ता कर्मचारीलाई वितरण गरी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि खुला हुने भएको हो । उक्त शेयरका लागि न्यूनतम १० देखि अधिकतम १००० कित्ताका लागि आवेदन दिन सकिन्छ । सर्बसाधारणलाई वितरण हुने शेयर कुल ४३ हजार २९९ जनाले १०-१० कित्ता शेयर प्राप्त गर्नेछन् ।

यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको एक लाख ९८ हजार ६१० कित्ता शेयर खुला भएको छ । सर्वसाधारण शेयर (आईपिओ) मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको जनाएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले आवदन गर्न सक्ने सक्नेछन् । आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

बैशाख २७ गतेदेखि ३१ गतेसम्म दुबै लघुवित्तको शेयर आवेदन दिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.