सनराइज बैंकबाट सूर्या लाइफको बीमा सेवा, ग्राहकलाई सुबिधा

  २०७६ वैशाख २६ गते १५:४६     विकासन्युज


काठमाडौँ । सनराइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्राहकहरुले सनराइज बैंकका देशभरीका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.