काजकिरिया जटिल वा कठिन प्रकृया हैन

  २०७६ वैशाख २६ गते १३:४१     भीमप्रसाद उपाध्याय

माता वा पिताको निधनपछि गरिने अन्तिम संस्कार काजकिरिया कर्मको बैज्ञानिक, मनोबैज्ञानिक, सामाजिक, संस्कृतिक र अनुभूति जस्ता अनेक पक्ष छन् ।

मेरो दृष्टिमा यस्तोमा यसलाई अनुभूति गर्न सन्तानले कहिले चुक्नु हुँदैन। किनभने जीवनमा जम्मा दुईपटक गरी २६ दिन मात्र सन्तानको जीवनका लागि भनेर सबै उत्सर्ग गर्ने मातापिताका लागि काजकिरियामा समर्पित गर्नु सन्तानका लागि कुनै ठूलो काम हुने हैन, यो गहन जिम्मेवारी तथा कर्तव्य पनि हो। यसलाई कम ऑक्न हुँदैन र यसो गर्न झिंझो मान्न पनि हुँदैन । यो जन्म दिने माता तथा पिता र आफ्ना लागि आधिदैहिक, आधिभौतिक र अध्यात्मिक शान्ति प्राप्त गर्ने प्रविधि र प्रकृया तथा विधि पनि हो।

मेरो अनुभवमा काजकिरिया कुनै जटिल वा कठिन प्रकृया हैन र छैन । १३ दिनको किरिया अवधिलाई एक प्रकारको कडा अनुशासन, समर्पण, भक्ति, श्रद्धा, साधनाको रूपमा ग्रहण गर्ने, खानपीन, शुद्धता, श्रद्धा र कृतज्ञतामा अलि बढी ध्यान दिने मात्र हो। अनुशासनबिना कुनै कुरामा पनि त फल पाईने हुँदैन, अनुशासनबिना कोही सफल भएका पनि हुँदैनन्। यस्तो १३ दिने अनुशासनमा बस्दा आत्मबिश्वास अवश्य बढ्ने छ ।

तसर्थ, अन्तिम मृत्यु संस्कारको अनुभूति र छाप जीवनपर्यन्त रहने छ र जसका कारण मातापिता प्रतिको श्रद्धा अझ बढेर एक कर्तव्यनिष्ठ सन्तान बन्नेतिर आफूलाई उत्प्रेरित गरिरहने प्रेरणा दिईरहनेछ। जसलाई देख्दा आफ्ना सन्तानहरूमा पनि मातापिताप्रति भक्तिभाव बढ्ने र कर्तब्यबोध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.