आगामी असार ६ गते ‘चलचित्रमा नृत्य’ कार्यक्रम हुँदै

  २०७६ वैशाख २५ गते १६:४२     विकासन्युज

काठमाडौं । चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यक्रम गर्ने भएको छ ।

नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्मगर्नेहरुको सङ्घ नेपाल चलचित्र नृत्य सङ्घले आगामी असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने प्रेस विज्ञिप्त मार्फत जानकारी गराएको हो ।

सङ्घद्धारा जारी प्रेश विज्ञिप्तमा नृत्यका प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेशा बनाई रहेकाहरुले सहभागी हुन पाउने जनाइएको छ ।

कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभुषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्बद्र्धन र चलचित्र कर्मीहरुलाई फाईदा पुर्याउने नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष बसन्त श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.