नेशनल माइक्रो फाइनान्सको समीक्षा, ‘५० शाखाबाट ३५ जिल्लामा सेवा’

  २०७६ वैशाख २५ गते १२:३६     विकासन्युज


काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले चालु आव २०७५/०७६ को समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै अगामी आव २०७६/०७७ को कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला गोष्ठी पोखरामा सम्पन्न गरेको छ ।

संस्था संचालक समितिका अध्यक्ष केशवप्रसाद अर्चायले कार्यक्रमको उद्घाटन गरे । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हालसम्मको प्रगती र आगामी बर्षको रणनीतिका बारेमा जानकारी गराए । कार्यक्रममा संस्थाको सातै प्रदेशको सबै शाखाको प्रमुखहरुका साथै केन्द्रीय कार्यालयको सबै विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन विभागीय प्रमुख सिताराम पण्डितले गरेका थिए । कार्यक्रम प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको सभापतित्वमा समापन भएको थियो ।

चालु आवको २०७५ चैत मसान्त सम्ममा ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुँच सातै प्रदेशका ३७ वटा जिल्लाका ७५ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको जनाएको छ । संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ४८ करोड र बचत रु. १ अर्ब १२ करोड भन्दा वढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.