इनरुवामा यामाहाको नयाँ शोरुम, ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको सुविधा पाइने

  २०७६ वैशाख २४ गते १७:५४     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मंगलबारबाट सुनसरीको इनरुवामा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले पाथीभरा इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको हो ।

इनरुवा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरको मागलाई ध्यानमा राखेर नयाँ डिलरसिप शुरु गरेको इन्टरप्राइजेजले जनाएको छ ।

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले गरेका थिए । पाथीभरा इन्टरप्राइजेजबाट ग्राहकले यामाहाका मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन् ।

पाथीभरा इन्टरप्राइजेजका अमरेन्द्रकुमार मेहताले भने ‘यहाँ रहेका हाई-टेक वर्कसप, तालिम प्राप्त र दक्ष टेक्निसियनबाट ग्राहकले आफ्नो मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्न पाउनेछन् ।’

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड-एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.