चलचित्र क्षेत्रमा लगानीः ‘पहिले धौ–धौ, अहिले नाफा’

  २०७६ वैशाख २४ गते १३:५८     विकासन्युज

विनायक तामाङ कला क्षेत्रमा परिचित नाम हो । उहाँ ८ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर लागिरहनु भएको छ । अभिनयसँग उहाँ चलचित्र निर्देशनमा पनि सक्रिय हुनु भएको छ । कलाकारिता र चलचित्र क्षेत्रका बारेमा निर्देशक तामाङ्गको कुराकानी:

यो रङ्गिन दुनियाँमा आउनका लागि तपाईँलाई कस्ले प्रेरित गर्यो ? 
बच्चैदेखि यो क्षेत्रमा आउन उत्सुक थिएँ, कसरी फिल्म बन्छ भन्ने थियो, एसएलसी सकेपछि विस्तारै यस क्षेत्रमा लागेँ ।

८ वाट फिल्ममा अभिनय गर्दै गर्दा पछिल्लो समय निर्देशकसम्म आईपुग्दा पहिलो चलचित्रलाई कसरी समीक्षा गर्नु हुन्छ ?
युवराज लामिछानेसँग काम गर्दागर्दै पहिलो फिल्म ‘मनको पिडा’देखि आज ८औं फिल्म ‘यो जिन्दगीको साथी’ (तामाङ भाषामा ल्हूई हो) सम्म आइपुग्दा पहिलाको फिल्म निर्माणमा धेरै कमि कमजारी भेटेको छु । यो क्षेत्र भनेको जति काम गर्दै गयो उति नै आफुलाई सुधार्ने अवसर प्राप्त हुने कुरा बुझ्दै अगाडि बढ्ने क्रममा रहेको छु ।

तामाङ्ग भाषामा आधारित भई कति वटा फिल्म निर्माण गर्नु भयो ?
५ वटा फिल्म तामाङ्ग भाषामा आधारित भएर निर्माण गरेँ, जसमा सेमला दुङ्गाल, चु माया, डम्फु रे, मैच्याङ्ग, जो जो आले, आमिला झामे, र पछिल्लो समयमा सेमा रो भन्ने फिल्म निर्माण गरेको थिए, जसमा आधा नेपाली आधा तामाङ्ग भाषामा रहेका थियो । अबका दिनमा पूरै फिल्म नेपाली भाषामा नै निर्माण हुनु पर्छ भन्ने लक्ष्यको साथ नेपाली फिल्म क्षेत्रमा विनायक तामाङ्ग नामलाई चिनाउनका लागि यी कदमहरु चाल्दैछु ।

फिल्म क्षेत्रमा लगानी गर्दा के कस्तो भईरहेको छ ?
यस क्षेत्रमा लगानी गर्दा शुरुवातको समयमा लगानी उठाउन धौ–धौ पर्ने गर्थो भने आजभोलि लगानी उठाएर केही नाफा कमाउन सक्ने अवस्था छ ।

काम गर्नु भएको ८ चलचित्र मध्ये कुनलाई राम्रो(उत्कृष्ट) मान्नु हुन्छ ?
पछिल्लो समय प्रदर्शन भएको ‘मनको साथी’ ५१ वटा हलहरुमा एकैसाथ प्रदर्शन भई राम्रो प्रतिक्रिया आएको थियो । हाल निर्माण रहेको चलचित्र तामाङ्ग समुदायलाई लक्षित गरेर समाजमा भएका घटनालाई फिल्ममा प्रस्तुत गरिएको छ । खास चुनावी समयमा समाजको चहलपहलका साथै राजनीतिक गतिविधि एवम् चुनाव पछिको अवस्थालाई फिल्म मार्फत चित्रण गरिएको छ । साथै प्रेममा आधारित रहेको  छ। उक्त फिल्ममा विनायक तामाङ्ग, विजय तामाङ्ग, संगिता दोङ्ग, बुद्ध तामाङ, सूर्य, सोनी दोङको अभिनय रहेको छ । चलचित्रको निर्मातामा सञ्चकुमारी तामाङ र कार्यकारी निर्मातामा ध्रुवसिंह तामाङ रहेका छन् । यो क्षेत्रमा काम गर्दा आफ्नो नाम टिकाउन र आफुलाई बजारमा स्थापित गर्नका लागि धेरै चुनौतीहरु आउने गर्दछन् । जसका कारण धेरै कुरा र अवस्थाको सामना गर्नु पर्ने अवस्था सिर्जना हुने गर्दछ ।

यस क्षेत्रमा लाग्दा के आम्दानी गर्न सहज छ त ?
आर्थिक क्षेत्रमा आफुलाई उच्च बनाउन सकिन्छ त भन्दिन्, तर साधारण जिन्दगी बिताउन गाह्रो छैन् । क्षेत्रमा राम्रो प्रस्तुती देखाउन सकियो भने नाम र दाम दुवै कमाउन सकिन्छ ।

फिल्म क्षेत्रमा आउनु अघि कुनै फिल्मी कोर्स गरेर आउनु भएको हो कि ? के हो ?
भारतमा फिल्म सम्बन्धी २ महिनाको सिकाईले यस क्षेत्रमा सहज तरिकाले काम गर्न सक्ने उर्जा प्राप्त भयो । पहिलो फिल्म सेम्ला दुवाल र दोस्रो ताजे मानि जुजार भन्ने फिल्म हुन्, पछिका दिनमा आफैपनि निर्माण प्रति असन्तुष्टी भई भारतको नयाँ दिल्ली स्थिति डिएन्डिमा फिल्म निर्माण सम्बन्धी २ महिनाको तालिम लिए, तर दुई महिनापछि सिकाई पूरा गर्न नसकेर पून नेपाल फर्किए । त्यहि २ महिनाको तालिमले कसरी असल कलाकार हुन सकिन्छ भन्ने जस्ता फिल्म सम्बन्धी जानकारी प्राप्त भयो, अहिले त्यही कुरालाई ध्यानमा राखि काम गर्दा उर्जा मिल्ने गरेको छ । त्यस्तै निर्देशक शिव रेग्मी, मदन घिमिरेको सहयोग रहेको छ ।

चलचित्र व्यवसायिक रुपमा सफल हुने कुरामा कतिको ढुक्क हुनु हुन्छ ?
भदौको अन्तिमबाट शुरु हुने भनिएता पनि असोजमा ५० वाट हलमा ल्हूई हो (जीन्दगीको साथी) फिल्म प्रदर्शन गरिनेछ । राम्रो विषय वस्तु समावेश गरेको हुँदा बजारमा राम्रै छाप छोड्छ भन्ने आशा रहेको छ । यो चलचित्र व्यवसायिक रुपमा सफल हुने आशा राखेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.