२० पैसाको बिजुलीले १ किलोमिटर यात्रा, इलेक्ट्रिक स्कुटरको कति पर्छ मूल्य ?

  २०७६ वैशाख २४ गते ९:५०     राजाराम न्यौपाने

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारीको साधन आएको छ, जुन २० रुपैयाँ बराबरको बिजुलीले चार्ज गरेर १०० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो । बजारमा यस्तो विद्युतीय स्कुटर आइसकेको छ ।

चीनको प्रशिद्ध मोटर कम्पनी बेलिङले निर्माण गरेको ५७८ जेट नामक विद्युतीय स्कुटरले प्रति किलोमिटर २० पैसाको मात्रै विद्युतीय उर्जा खपत गर्छ । अर्थात २० पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ ।

चीनको बेलिङग कम्पनीले ५७८ जेट स्कुटर कम्पनीले २० रुपैयाँ बराबरको विद्युत चार्ज गरेर १०० किलोमिटरसम्म गुड्ने सकिने जनाइएको छ । मूल्यमा र मर्मत खर्च अरुको तुलनामा न्युन रहको कम्पनीले जनाएको छ ।

पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्युनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर, बेलिङ कम्पनीले उत्पादन गरेको विद्युतीय स्कुटरको मूल्य १ लाख ३० हजार रुपैयाँ छ ।

कम्पनीले बजारमा ल्याएको विद्युतीय स्कुटरको ब्याट्री चार्ज गर्न ४ घन्टा देखी ६ घन्टासम्म लाग्छ, १०० किलोमिटर गुड्छ ।  ५७८ जेट स्कुटरमा ३२ एम्पीए र ७२ भोल्टेजको ब्याट्री प्रयोग भएको छ । रातो र कालो रङका ४ सय स्कुटरर बिक्री भैसकेको बेलिङ कम्पनीको आधिकारिक विक्रेता निझोङ इण्डष्ट्रिज प्रालिका मार्केटिङ म्यानेजर खिलप्रसाद शर्माले बताए ।

पेट्रोलबाट चल्ने बाइक र स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको प्रतिलिटर ११२ रुपैयाँ छ । १०० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक र स्कुटरले झण्डै ३५० रुपैयाँको इन्धन खपत गर्छ । तर, विद्युतीय स्कुटर ५७८ जेटले २० रुपैयाँमा त्यत्ति नै माइलेज दिने म्यानेजर शर्माले बताउँछन् ।

विश्व मै इलेक्ट्रिक सवारीको माग
विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको विकल्पका रुपमा इलेक्ट्रिक सवारीसाधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाई छ । ५७८ जेटले ब्याट्रीमा १ र मोटर कन्ट्रोलर २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ ।

विद्युतीय सवारीलाई भन्सार सस्तो
डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले मूल्य अन्यको भन्दा सस्तो छ । सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कूल सवारी मध्ये २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइने सरकारले घोषणा गरेको छ ।

वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.