एनबीआई र देवः विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता

  २०७६ वैशाख २३ गते १०:१४     विकासन्युज


काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लि.(एनबीआई) र देवः विकास बैंक लि.बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

साथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने जेएएलबीआईकोर्सको विषयमा पनि सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र देवः विकास बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.